राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा मतदान नगर्ने

मिति: २०२३-०३-०८ , समय : २२:१४:३० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा मतदान नगर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको आज बुधवार बसेकाे बैठकले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।

राप्रपाका १४ जना सङ्घीय सांसद र २८ जना प्रदेश सभा सदस्य छन् । राष्ट्रपतिको चुनाव भोलि बिहीवार हुँदैछ । राष्ट्रपति पदका लागि नौ दलका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । उज्यालोबाट

प्रकाशित मिति: २०२३-०३-०८ , समय : २२:१४:३० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित