सप्तरीमा पनि ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाए
मिति: २०२३-०३-०८ , समय : २२:०६:२६ , गामघर डेस्क
मिति: २०२३-०३-०८ , समय : २२:०६:२६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरी लगायत मुलक भरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाएको छ।
लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँच को विस्तार भन्ने मुल नाराको साथ मनाइएको महिला दिवस सप्तरी लगायत मुलक भरी मनाएको हो । सप्तरीको खडक नगरपालिकामा मधेस प्रदेशका पूर्व गृह तथा सञ्चार राज्य मन्त्री रूबी कुमारी कर्णले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसमा आत्मनिर्भर भइ आफ्नो सम्मान स्थापित गर्न आग्रह गर्नुभयो। उहाँले महिलालाई हिंसा मुक्त बनाउन आफै अगाडी बढनुपर्ने जिकिर समेत गर्नुभयो। महिलालाई श्रमको उचित मूल्याङ्कन नभएको प्रति आपती जनाउनु भयो। कर्णले आजको दिन महिलालाई सम्मान सहित ज्याला दिन आग्रह समेत गर्नु भयो। महिलालाई प्रकृतिको जननी भएको प्रति गौरवान्वित हुँदै उहाँले हरेक लडाई मा अगाडी आउन आग्रह गर्नु भयो।
कार्यक्रममा खडक नगरपालिकाको नगर प्रमुख जय प्रकाश चौधरीले महिला जागे संघर्ष गरे कुनैपनि क्षेत्रमा पछाडि नपर्ने बताउनुभयो। उहाँले आजको गम्भीर अवस्थामा महिलालाई देह ब्यापार, महिला बेचबिखन, बलात्कार, हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लाग्न आग्रह गर्नुभयो। संघर्षमा अगाडी आए मात्र महिला सुरक्षित हुने जिकिर समेत गर्नुभयो। प्रमुख चौधरीले नगरपालिकालाई सुरक्षित बनाउन आफु पूर्व तयार रहेको उल्लेख गर्नुहुँदै सहयोग को लागि आग्रह समेत गर्नुभयो।
सोही कार्यक्रममा आयोजित भएको वकतृत्वकला प्रतियोगिताका सान्त्वना, तृतीय, द्वितीय, प्रथम भएका क्रमश रूपेश राम,मनिष चौधरी, सोनिया कुमारी मण्डल र मंजुला कुमारी साहलाई खडक नगर शिक्षा शाखाले पुरस्कार प्रदान गरेको थियो। कार्यक्रम मा निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेको खुस्बु साह, रिया चौधरी, इन्दिरा चौधरी र रितुराज चौधरीलाई शाखाले कपी डट र प्रमाणपत्र द्वारा सम्मान गरेको थियो।
दिवसको अवसरमा खडक नगरपालिका भित्र रहेका उत्कृष्ट दुई महिला सहकारीका अध्यक्ष तारा महिला सहकारी र सन्देश महिला सहकारी संस्थालाई सम्मान समेत गरेको थियो।
नगरपालिकाका कार्यपालिका सदस्य गौरी कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कल्याणपुर इलाका प्रहरी कार्यालय का प्रमुख राजु अधिकारी, नगरपालिकाका प्रशासन शाखा प्रमुख रामाकान्त चौधरी, सवल नेपालका प्रमेश्बर झा लगायतले आ आफनो मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी अखिल नेपाल महिला संध(क्रान्तिकारी)सप्तरीले पनि ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाएको छ । अनेमसंध सप्तरीका अध्यक्ष राज कुमारी चौधरीको अध्यक्षता तथा संधका के.स.कविता ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न पुर्व सांसद लक्ष्मी चौधरी,पुर्व मधेस प्रदेश सांसद प्रमिला यादव लगायतले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको विषयमा आ आफनो विचार ब्यक्त गरेका थिए ।
प्रकाशित मिति: २०२३-०३-०८ , समय : २२:०६:२६ , २ वर्ष अगाडि