भारतीय दूतावासको मान्छे हुँ भन्दै ठगीदेखि यौनशोषणसम्म गर्ने राउत पक्राउ

मिति: २०२४-०१-३० , समय : ११:०५:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । आफु भारतीय दूतावास निकट व्यक्ति भएको भन्दै श्रृङखलाबद्ध ठगी गर्ने सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर २ कचनदाहा घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको छ । उनले दूतावासबाट विभिन्न किसिमका काम मिलाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । 

एक व्यक्तिलाई दूतावासमा भनसुन गराई केन्द्रीय विद्यालयमा छोरा नि:शुल्क भर्ना गरिदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई आइतबार पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा दूतावासमा एम्बुलेन्स तथा बस अनुदान मिलाइदिने, जागिरमा लगाइदिने भनेर समेत अन्यलाई ठगी गरेको खुलेको छ । एक व्यक्तिलाई पैसा नदिए बम पड्काइदिने भनेर समेत धम्काएका थिए । कतिपय किशोरीलाई जागिरको प्रलोभनमा यौन शोषण गरेको अनुसन्धानमा देखिएको प्रहरीकाे भनाइ छ । 

यस्तै भारतीय गुप्तचर निकाय ‘रअ’को एजेन्ट हुँ भनेर समेत कतिपयलाई उनलाई धम्काएको परिसरका एक अधिकृतले बताए । ठगी मुद्दामा उनीमाथि प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रकाशित मिति: २०२४-०१-३० , समय : ११:०५:३७ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित