मधेस प्रदेश : तस्करीको लाइन खोल्दा सिराहाका सिडिओ र एसपी हटाइए
मिति: २०२४-०१-३० , समय : ०८:४७:३८ , गामघर डेस्क
मिति: २०२४-०१-३० , समय : ०८:४७:३८ , गामघर डेस्क
गामघर डेस्क
सिरहा । कार्यसम्पादनमा कमजोर देखिएको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई हटाएको छ ।
सिडिओ राजेन्द्रदेव पाण्डे र टेकुनन्द लिम्बुलाई गृहले सोमबार हटाएको हो । नयाँ सिडिओ र एसपी खटाइएको छैन ।
कार्यसम्पादनमा कमजोर देखिएकाले दुवैलाई हटाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
एसपी लिम्बुलाई ६ महिनाअघि नै गृह मन्त्रालयले हटाउन खोजेकोमा एआइजी टेकप्रसाद राईले रोक्दै आएका थिए ।
दुवैले तस्करीको लाइन खोलेकोदेखि मिटरब्याजीलाई जोगाएको उजुरी गृह मन्त्रालयमा परेको थियाे ।
प्रकाशित मिति: २०२४-०१-३० , समय : ०८:४७:३८ , 1 year अगाडि