बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा : मोदीसँग मिलेर पुनः सरकार बनाउने चर्चा
मिति: २०२४-०१-२८ , समय : १३:३२:०८ , गामघर डेस्क
मिति: २०२४-०१-२८ , समय : १३:३२:०८ , गामघर डेस्क
गामघर डेस्क
भारत । जनता दल (युनाइटेड) नितिश कुमारले आइतबार (जनवरी २८) बिहान विहारका गभर्नर राजेन्द्र अर्लेकरलाई भेटेर राज्यको मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका छन्।
नितिश कुमारले गठबन्धन बदलेर पुनः सरकार गठनको दाबी पेस गर्ने भारतीय मिडियाहरुले अनुमान गरेका छन्। विहारको शक्तीशाली क्षेत्रीय दल ‘राष्ट्रिय जनता दल (आरजेडी)’सँगको हालको गठबन्धन त्यागेर उनले केन्द्रमा सरकार रहेको भारतीय जनता पार्टी (भाजपा)संग गठबन्धन बनाउने चर्चा छ।
गभर्नरले नितिश कुमारको राजीनामा स्वीकृत गरेको भारतीय न्युज एजेन्सी पीटीआईले जनाएको छ। राजीनामा दिएपछि पत्रकारहरुसँग बोल्ने क्रममा नितिशले भने ,‘हामीले विगत डेढ वर्षदेखि ‘इन्डिया’ नामक गठबन्धनमा काम गरिरहेका थियौं। तर, सोचजस्तो काम भएन। अब हामी नयाँ गठबन्धन बनाउँछौं। यो अवस्था किन आयो त ? किनभने सबै कुरा ठीकठाक थिएन… मैले सबैको विचार सुनिरहेको थिएँ। र तिनको चिन्तन मनन गरेपछि आज सरकार विघटन गर्ने निर्णय गरेको छु।’
नितिश कुमारले ‘इन्डिया’ गठबन्धन छाडेर भाजपासँग मिल्नसक्ने कुरा गत सातादेखि अड्कलबाजी हुन थालेको थियो। नितिश कुमारमाथि राजनीतिक विचारधाराको बेवास्ता गरी पटकपटक गठबन्धन बदल्ने कुरामा ‘महारत’ हासिल गरेको आरोप लाग्ने गर्छ।
सन् २०१७ मा उनले त्यसबेला आफ्नो दल आवद्ध ‘महागठबन्धन’ त्यागेका थिए। त्यसपछि दुई वर्षअघि मात्र उनले भाजपासँगको गठबन्धन तोडेर आरजेडीसँग गठबन्धन बनाएका थिए। भनिन्छ, ती दुवै अवस्थामा उनले गठबन्धनका सहयात्री दललाई अन्तिम समयसम्म आफ्नो कदमको भनकसमेत पर्न दिएका थिएनन्। अहिले पनि उनले सत्तासाझेर आरजेडीका नेता लालु यादवलाई अन्तिमसम्म केही नबताएको चर्चा चलिरहेको छ।
२४३ सदस्यीय विहार विधानसभामा लालुको पार्टी आरजेडी ७३ विधायकसहित सबैभन्दा ठूलो पार्टी हो। तथापी यो सरकार बनाउन आवश्यक बहुमत भने होइन। त्यसपछि भाजपा ४५ विधायकसहित दोस्रो स्ठानमा छ भने नितिशको पार्टी ४५ विधायकसहित तेस्रो स्थानमा छ। सन् २०२० नोभेम्बरको विधानसभा निर्वाचन तेस्रो भए नितिश आरजेडी र भाजपासँग गठबन्धन फेर्दै लगातार मुख्यमन्त्री छन्। एजेन्सी
प्रकाशित मिति: २०२४-०१-२८ , समय : १३:३२:०८ , ११ महिना अगाडि