सप्तरीमा ४२ वर्षीया महिलाले गरिन आत्महत्या, यस्तो छ कारण……
मिति: २०२३-०३-०८ , समय : १२:२२:०९ , गामघर डेस्क
मिति: २०२३-०३-०८ , समय : १२:२२:०९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीमा एक महिलाले आत्महत्या गरेकी छिन् ।
सप्तरीको राजबिराज नगरपालिका वडा न. ७ खर्साल टोल बस्ने देव कुमार यादवको ४२ वर्षीया श्रीमती सिमा यादवले डिप्रेसनको कारण मुसा मार्ने कमाण्डो नामक विषादी सेवन गरि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
महिलालाई छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा समान्य उपचार पश्चात थप उपचारको लागि बिराट मेडिकल कलेज बिराटनगर लगिएकोमा आज बिहान डाक्टरले इसिजी चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।
यता साे घटनावारे थप घनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-०८ , समय : १२:२२:०९ , २ वर्ष अगाडि