आम जनता पार्टीकाे मधेस बन्द : बन्द गराउन हिडेका दर्जनौं नेता तथा कार्यकर्ता प्रहरीको नियन्त्रणमा

मिति: २०२४-०१-२५ , समय : ११:०७:१५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर । मधेस बन्द गराउन हिड्ने आम जनता पार्टीका दर्जनौं नेता तथा कार्यकर्ता पक्राउ परेको छ । प्रभु साह नेतृत्वको आम जनता पार्टीका २३ नेताकार्यकर्तालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ । सो क्रममा जनकपुरधाममा बन्द गराउँदै हिड्ने २३ जनालाई रामानन्दचोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

डिएसपी अवाका अनुसार उनीहरुलाई जनकपुरको रामानन्दचोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

त्यस्तै प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट आम जनता पार्टीका ११ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। आज सो पार्टीले विभिन्न माग राख्दै मधेश बन्दको आह्वान  गरेको थियो।

आफ्नो पार्टीका ११ जना नेतालाई बिना कारण प्रहरीले पक्राउ गरेको आजपाका केन्द्रीय सदस्य बालकृष्ण सापकोटाले बताए। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बन्द गराउदै हिडेका ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ। बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको हो ।

यधपी आजपको बन्दको आंशिक प्रभाव मात्र परेको छ ।

प्रकाशित मिति: २०२४-०१-२५ , समय : ११:०७:१५ , १२ महिना अगाडि