जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा बरहि नहर चाैकमा शवदाहकाे उदघाटन

मिति: २०२४-०१-२३ , समय : २०:४३:५९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजबिराज । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादबले शवदाह (मुक्तीद्वार) काे अाज एक समारोहबीच उदघाटन गरेकाे छ ।

सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ स्थित बरहि नहर चाैकमा सहन शहरी तथा भवन निर्माण आयाेजना राजबिराजद्वारा निर्मित राजबिराज नगरपालिकाकाे स्वामित्वमा मुक्तीद्वारकाे उदघाटन गरिएकाे हाे ।


झन्डै कुल ३ कराेड ३० लाखकाे लागतमा उक्त मुक्तीद्वारकाे निर्माण गरिएकाे राजबिराज नगरपालिकाले जनाएकाे छ ।

यसैगरी आजै अध्यक्ष यादबले राजबिराज नगरपालिका वडा न.१२ स्थित सिगियाैन टाेलमा कुस्ती खेलाडीहरू हात मिलाउदै अनुसासित पुर्वक खेल्न आग्रह गर्दै अन्तराष्ट्रिय कुस्ती प्रतियाेगिताकाे शुभारम्भव गरेकाे छ ।

तीन दिन सम्म संचालन हुने कुस्ती महाेत्सवमा नेपाल र भारतका चिरपरिचित पहलवानहरूले प्रतिस्पर्धा गर्ने राजबिराज वडा १२ का अध्यक्ष रामचन्द्र यादबले जानकारी दिनुभयो ।

साेअवसरमा प्रतिनिधि सभा सदस्य रंजु ठाकुर, पुर्व मन्त्री रेणु यादब, जसपा प्रवक्ता मनिष सुमन, पुर्व मन्त्री शैलेन्द्र प्रसाद साह, जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादब, महिला नेतृ रमिला साहलगायतकाे उपस्थिति रहेकाे थियोे ।

प्रकाशित मिति: २०२४-०१-२३ , समय : २०:४३:५९ , १२ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित