छोरीकाे जन्म दिनकाे अवसरमा दलित विघार्थिलाई शैक्षिक सामग्री वितरण

मिति: २०२४-०१-२१ , समय : २१:१८:४७ , शुभ नारायण यादब

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण यादब

राजविराज । अहिले जन्म दिनकाे अवसरमा केक काटने , पार्टी गर्ने लगायतका चलन हाम्रो समाजमा चल्दै अाइरहेकाे छ , सप्तरीका एक जना युवा नेता एव समाजसेवीले अाफनाे छोरीकाे जन्म दिनकाे अवसरमा दलित बालकलाई विभिन्न शैक्षिक सामग्री वितरण गरि मनाइएको छ । पछिल्ला वर्ष झै यस वर्ष त्रिमूर्ति स्कुल छिन्नमस्ताका संस्थापक अध्यक्ष तथा युवा नेता जय प्रकाश यादव आफ्नो छोरी प्रिया यादवको जन्मदिनमा हुने सम्पूर्ण खर्च एउटा गरिब परिवारका विद्यार्थीलाई निशुल्क पढाउने तथा त्यस विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने क्रमलाई निरन्तरता दिइएको हाे । १४ बर्ष पूरा १५ बर्षमा प्रवेश गरेको अवसरमा नेता यादवले अाफनाे छाेरिकाे जन्म दिनमा हुने खर्चकाे पेसाबाट ती दलित बालककाे पढाइ लेखाइमा लगानी गरेर समाजकाे लागि उदाहरणीय काम गरेको छ । बिगत ५ बर्ष अगाडि नै सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.३ गाेविन्दपुरका अर्जुन सदाका छाेरा दुर्गेश कुमार सदालाई अभिभावकत्व ग्रहण गरिएको थियाे । बिगत पाच वर्षदेखि ती दलित बालक सदाकाे सम्पूर्ण पढाइ लेखाइ खर्च युवा नेता यादवले व्यहाेर्दे अाइरहेका छन ।सप्तरीको छिन्नमस्ता गाउपालिकाका अध्यक्षका प्रत्यासि उम्मेदवार समेत रहेका यादवले बिर्घाथि सदालाइ छोरीकाे जन्म दिनकाे अवसरमा शैक्षिक सामग्रीहरु स्कुल पाेशाक ,काेपि , कलम ,जुत्ता , जाडाेका कपडा लगायतका सामग्रीहरु प्रदान गरेको बताउनुभयाे । युवा नेता यादवले साे सामग्री वितरण गर्दै भन्नुभयो आउने वर्ष पनि यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । यता अाफनाे छाेरालाइ निशुल्क रुपमा खानपिन , बस्न तथा पढाइ लेखाइ समेत प्रदान गरेर सहयोग गरेको प्रती सदा परिवार खुशि ब्यक्त गर्दै युवा नेता यादवप्रती धन्यवाद समेत ब्यक्त गरेका छन ।

प्रकाशित मिति: २०२४-०१-२१ , समय : २१:१८:४७ , १२ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित