जसपा अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि बन्ने भएपछि सप्तरीको राजविराज स्थित कृषि विश्वविद्यालयमा तालाबन्दी

जसपा-जनमत विवादपछि सप्तरीमा व्यापक सुरक्षाकर्मी परिचालन

मिति: २०२४-०१-२१ , समय : १५:२२:२१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । जनमत पार्टीका कार्यकर्ताले मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। विश्वविद्यालयको शिलान्यास गर्ने कार्यक्रममा उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमतका कार्यकर्ता मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गर्दै विरोधमा उत्रिएका हुन्।

सप्तरीको राजविराज नगरपालिका वडा न.१३ मा सोमबार विश्वविद्यालयको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ। शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमतका कार्यकर्ता विरोधमा उत्रिएका हुन्।

जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको हो। तालाबन्दीपछि विश्वविद्यालयको शिलान्यासको प्रमुख अतिथिका विषयमा जसपा र जनमतका कार्यकर्ता आमने–सामने भएका छन्।

कुनै पनि हालतमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि नमान्ने अडानमा जनमतका कार्यकर्ताहरू छन् भने अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने जसपा कार्यकर्ताको अडान छ।


यसेबिच मधेश कृषि विश्वविद्यालयको शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने विषयमा जनमतका कार्यकर्ता तथा जसपा कार्यकर्ता आमने–सामने भएपछि सप्तरी जिल्लालाई‌ हाइअलर्टमा राखिएको छ। 

सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी भीमराज बस्नेतले जिल्लालाई‌ हाइअलर्टमा राखी सुरक्षाकर्मी परिचालन गरिसकेको जानकारी दिए। 

बस्नेतले भने, ‘सुरक्षाकर्मी परिचालन गरिसकेका छौँ, जिल्लालाई हाइअलर्टमा राखिसकेका छौँ। थप परिचालन गर्ने तयारी पनि छ।’ 

सोमबार विश्वविद्यालयको शिलान्यास कार्यक्रम तय छ। जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको छ।

तालाबन्दीपछि विश्वविद्यालयको शिलान्यासको प्रमुख अतिथिका विषयमा जसपा र जनमतका कार्यकर्ता आमने–सामने भएका छन्। 

कुनै पनि हालतमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि नमान्ने अडानमा जनमतका कार्यकर्ता छन् भने अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने जसपा कार्यकर्ताको अडान छ। यता दुई पार्टीका कार्यकर्ता आमने–सामने भएपछि जिल्लामा सुरक्षा चुनौती थपिएको छ।

प्रकाशित मिति: २०२४-०१-२१ , समय : १५:२२:२१ , १२ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित