सुबिसु ईन्टरनेटकाे ठगी धन्दाकाे पर्दाफास गर्ने पत्रकारमाथि दुव्र्यवहार , दोषीमाथि कार्वाहीकाे माग
मिति: २०२४-०१-१७ , समय : ११:०१:२७ , गामघर डेस्क
मिति: २०२४-०१-१७ , समय : ११:०१:२७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराज स्थित इन्टरनेट प्रदायक कम्पनी सुबिसु ईन्टरनेटले सम्झौता बमोजिमको सेवा नदिएको व्यापक गुनासोपछि रिपोर्टिँग गर्न गएका एक सँचारकर्मीमाथि दुरव्यवहार गरेको छ ।
सप्तरीको सदरमुकाम राजविराजस्थित रहेको सुबिसु ईन्टरनेटको शाखा कार्यालयका कर्मचारी जियावुलले सँचारकर्मी आदित्य अजयमाथि दुरव्यवहार गरेका छन् ।
झन्डै ९ हजार भन्दा बढी सेवाग्राही रहेको सुबिसु इन्टरनेटले रकम पूरा लिएपनि ईन्टरनेटको गति सुस्त दिएपछि सेवाग्राहीहरुले सँचारकर्मी गुहारेका थिए । पटक पटक गुनासो गर्दा पनि कर्मचारीहरुले उल्टै थर्काउने गरेको, रकम अपुग भएको, हाई स्पीड भएको भन्दै ठगी गरिरहेको आरोप सेवाग्राहीहरुले लगाएका हुन् ।
ग्रामिण भेगमा समेत सेवा पुर्याएका सुबिसु इन्टरनेटको शाखा कार्यालय राजविराजले पहुँचको फाईदा उठाउँदै ठगी गरिरहेको आरोप सेवाग्राहीहरुकाे रहेको छ । कम्पनीले माग गरेको रकम पुरापूरी भुक्तानी गरेपनि दिने भनेको अनुसार स्पीड नआएपछि ग्राहकहरु आजित भएका छन् ।
अफिसियल काम गर्नको लागि लिने प्लान अनुसार स्पीड नदिएपछि सो क्षेत्रका हजारौँ ग्राहकहरुले सुबिसुका कर्मचारीहरु गुनासो गरेका थिए । कर्मचारीहरुले गुनासो सुन्नुको साथै उल्टै सेवाग्राहीलाई थर्काउन थालेपछि सँचारकर्मी आदित्य अजयले ब्रान्चमै सेवासुविधा बारे सोधपुछ गर्न गएपछि उनीमाथि दुरव्यवहार गरेको हो ।
यता सँचारकर्मीमाथि भएको दुव्र्यवहारको विभिन्न सँस्थाले समेत भर्त्सना गर्दै आम नागरिकको सूचनाको हकलाई कुण्ठित गर्न खोजेको भन्दै राजविराज शाखाका कर्मचारी जियावुल माथि कारवाहीको समेत माग गरिएको छ।
प्रकाशित मिति: २०२४-०१-१७ , समय : ११:०१:२७ , ११ महिना अगाडि