सप्तरीको बभनगामाकट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह उच्च माध्यमिक बिद्यालयमा आयव्यय सार्वजनिक नगरेपछि अभिभावक भेला बहिष्कार

मिति: २०२४-०१-१४ , समय : ११:००:४७ , नविन यादव

तस्बिर : सामाजिक सन्जालबाट

नविन यादव

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.७ बभनगामाकट्टीस्थित रहेको लक्ष्मी बल्लभ नरसिंह उच्च माध्यमिक बिद्यालयमा बोलाइएको अभिभावक भेला अभिभावकहरुले बहिष्कार गरेको छ।

बिद्यालय व्यवस्थापन समिति चयनका लागी बोलाइएको अभिभावक भेलामा अभिभावकहरुले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक गर्नुपर्ने माग राखेकोमा प्रधानाध्यापकले सार्वजनिक नगर्ने भएपछि उनीहरुले भेला बहिष्कार गरिएको अभिभावक गजेन्द्र प्रसाद साहले जानकारी दिएको छ।

अभिभावकहरुले गत आर्थिक वर्ष २०७९/०८० को आयव्यय सार्वजनिक गर्न प्रअ बिपिन झालाई भनेका छ्न।प्रअ झाले आयव्यय सार्वजनिक नगर्ने बताएपछि आक्रोशित अभिभावकहरुले भेला बहिष्कार गरेको थियो ।

भेलामा प्रअ झा र अभिभावकहरुबीच एक घण्टा लामो चर्काचर्की भएपछि ऊनी माघ १५ गते आयव्यय सार्वजनिक गर्नेमा सहमत भए ।सोही निर्णयको आधारमा अभिभावकहरुले पुनः अभिभावक भेला बोलाउन आग्रह गरे।

उक्त भेला गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको उपस्थितिमा बोलाइएको थियो । त्यसैगरी वडा नम्बर ७ का वडाअध्यक्ष हरिनारायण मण्डल,निवर्तमान वडा अध्यक्ष गुलाब सिंह,वडा नम्बर ७ का वडाअध्यक्ष रोशन सिंह,सोही वडाका निवर्तमान वडा अध्यक्ष गोबिन्द यादव,वडा नम्बर ३ का वडाअध्यक्ष रमेश मुखिया,बिद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष अभय सिंह लगायत बिद्यालय प्रशासनको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२४-०१-१४ , समय : ११:००:४७ , 1 year अगाडि