चीनमा कोइला खानीमा विस्फोट हुँदा १० जनाको मृत्युु , ६ जना बेपत्ता

मिति: २०२४-०१-१४ , समय : ०९:३३:१० , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

चीन ।
चीनको हेनान प्रान्तमा रहेको एउटा कोइला खानीमा विस्फाेट हुँदा १० जनाकाे ज्यान गएकाे छ । ६ जना बेपत्ता भएका छन् ।

खानीमा काेइला र ग्यास विस्फाेट भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएकाे छ ।

विस्फाेटकाे समयमा खानीभित्र ४ सय २५ जना कामदार रहेकामा तीन सय ८० जनाकाे भने उद्धार गरिएकाे सिन्ह्यामा उल्लेख छ । उनीहरुकाे सबैकाे अवस्था समान्य रहेकाे छ ।

कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा अधिकारीहरूले पक्राउ गरेका छन् । हेनान प्रान्तको आपतकालीन व्यवस्थापन मन्त्रालयले बेपत्ताहरुकाे यथाशीघ्र खाेजी, उद्धार र मृतकहरुकाे पहिचानका लागि निर्देशन दिएकाे सिन्ह्वाले जनाएकाे छ । दुर्घटनाकाे कारण पत्ता लगाइ थप जाेखिम हुनबाट राेक्ने मन्त्रालयले जनाएकाे छ । एजेन्सी

प्रकाशित मिति: २०२४-०१-१४ , समय : ०९:३३:१० , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्