मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने

मिति: २०२४-०१-१२ , समय : १५:३९:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ । माघ ३ गतेको दिनलाईस्वाभिमान दिवस मनाउने बिहीबार बसेको मन्त्री परिषदले निषर्णय गरेको हो

३ माघ २०७८ मा गतेकै दिन तत्कालिन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमान दिवसको रुपमा मानउने निर्णय भएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृह संचार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।


त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनका सहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको मन्त्री समिमले बताए ।

प्रकाशित मिति: २०२४-०१-१२ , समय : १५:३९:५१ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित