३० औं लोकेन्द्र बुढाथोकी स्मृति दिवसको अवसरमा सप्तरीका २ जना पत्रकार सम्मानित
मिति: २०२४-०१-११ , समय : १५:१३:०० , उमेश कुमार साह
मिति: २०२४-०१-११ , समय : १५:१३:०० , उमेश कुमार साह
उमेश कुमार साह
राजविराज ।
सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दैआएका दुई जना पत्रकार बिहीबार पुरस्कृत भएका छन् ।
पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा नेपाल पत्रकार महासंघ सप्तरीले स्थापना गरेको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार डम्बर प्रसाद राइलाई प्रदान गरिएको छ । प्रेस चौतारीका जिल्ला अध्यक्ष तथा पब्लिक प्रेस दैनिकका कार्यकारी सम्पादक राइलाई कार्यक्रमका प्रमुख अतिथि आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले नगद ५ हजार ५ रुपैयाँसहित यो पुरस्कार प्रदान गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आयोजना गरेको ३०औं लोकेन्द्रकुमार स्मृति दिवसको अवसरमा आयोजित एक समारोहका बिच माला र प्रमाण पत्रसहित सम्मानित गरेका छन् । सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर १२ निवासी राय पब्लिक प्रेस दैनिकको कार्यकारी सम्पादक रहि करिब एक दशकभन्दा अगाडिदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्व स-सचिब समेत रहेका उनी प्रेस चौतारीका सप्तरी जिल्ला अध्यक्षमा आबद्ध छन् ।
यसैगरी सोही समारोहमा आजको वातावरण दैनिकका सम्पादक एवम् नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति बैधनाथ झाले स्थापना गरेको वातावरण पत्रकारिता पुरस्कारवाट राससका पत्रकार अरुण कुमार यादवलाई सम्मानित गरिएको छ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर २ निवासी यादव सप्तरीलाई कार्यक्षेत्र बनाएर राष्ट्रिय समाचार समिति अन्तरगत राजबिराज सम्माददाताको रूपमा रहेर कार्यरत छन् ।
सप्तरीका एक जना यूवा पत्रकारलाई हरेक वर्ष प्रदान गरिंदै आएको यो पुरस्कार राजविराजबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले स्थापना गरेको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि यादव र प्रकाशक÷सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले उक्त पुरस्कार प्रत्येक वर्ष पुस २६ गते उमा सिंह स्मृति दिवसको अवसर पारेर वितरण गरिँदै आएको छ ।
महासंघ शाखाका अध्यक्ष श्रावण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्षले सप्तरीको पत्रकारिता देशमा प्रशंसा योग्य रहेको बताए । पत्रकारहरुको समस्या समाधानमा आम सञ्चार प्राधिकरण प्रतिबद्ध रहेको बताउँदै निर्भिकताको साथ सदाचारयुक्त समाचार सम्प्रेषण गर्न आग्रह गरे ।केही पत्रकार आज भोलि युटुबरको नाममा पत्रकारहरुको नाम बदनाम गर्दै आएकोले सचेत हुन आग्रह गरेका छन । पत्रकारहरुको पक्षमा निरन्तर काम गरिरहेको बताउँदै यादवले पत्रकारहरुले विश्वासनीयता, सबैले पत्याउने र राम्रो पत्रकारिता गर्नुपर्नेमा जोड दिए
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह ,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु बैद्यनाथ झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह ,वरिष्ठ पत्रकार अनिल कुमार अनल लगायतकाले मन्तव्य व्यक्त गरे ।
महासंघका सचिव राम नारायण विश्वासद्वारा संचालित कार्यक्रमम स्वागत स- सचिब गोपाल गुप्ताले गरे भने सल्लाहकार मनोहर कुमार पोखरेलले लोकेन्द्र बुढाथोकीको जिवनी बारे चर्चा गरे । कार्यक्रममा प्रेस मंच सप्तरी जिल्लाका अध्यक्ष भुषन सिंह , प्रेस युनियन सप्तरी जिल्ला अध्यक्ष बिजय लाल कर्ण , प्रेस सेन्टर सप्तरी जिल्लाका अध्यक्ष दिनानाथ यादव लगायतका बिभिन्न संचार माध्यमा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२४-०१-११ , समय : १५:१३:०० , ११ महिना अगाडि