बलात्कार आरोपमा जेल सजाय भएका क्रीकेटर सन्दीप लामिछानेलाई क्यानले गर्यो निलम्बन
मिति: २०२४-०१-११ , समय : १२:२२:४७ , गामघर डेस्क
मिति: २०२४-०१-११ , समय : १२:२२:४७ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले निलम्बन गरेको छ ।
काठमाण्डौ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै हिजो ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले विज्ञप्ति निकालेर जनाएको छ ।
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध गएको वर्ष भदौमा बलात्कारको उजुरी परेको थियो । बलात्कार आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको हो । यसअघि हिजो नै लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका थिए।
प्रकाशित मिति: २०२४-०१-११ , समय : १२:२२:४७ , ११ महिना अगाडि