नियमित पठनपाठन लगायत विभिन्न ९ सुत्रिय माँग राखि युनियनद्धारा मबिव क्याम्पस राजविराजमा तालावन्दी

मिति: २०२४-०१-१० , समय : १९:०६:०१ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको सदरमुकाम राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले नियमित पठनपाठन लगायतका विभिन्न ९ सुत्रिय माँग सहित क्याम्पसमा तालाबन्दी गरेको छ।
युनियनका उपाध्यक्ष जयकृष्ण यादव तथा सचिव सुनिल कुमार मंडलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुख र प्रसाशन कक्षमा तालबन्दी गरेका हुन् ।
युनियनले जारी गरेको प्रेस विज्ञप्तीमा जनाए अनुसार हाल गरिएको शिक्षक भर्ना रद्द गर्नुपर्ने, क्याम्पसको एमएड, एमबिएस, एमए सोस्योलोजी, बिएड आरडी सोस्योलोजी लगायतका निजि तर्फको कार्यक्रमहरुको आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, क्याम्पसको सरसफाई नियमित रुपमा गर्नुपर्ने, पुस्तकालय व्यवस्थापन गर्नुपर्ने, नियमित पठनपाठन संचालन गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तैे साइन्स ल्याव नियमित संचालन गर्नुपर्ने, कन्या छात्रवास, छात्रवास, दलित छात्रावासको व्यवस्थापन गरि संचालन गर्नुपर्ने, अतिरिक्त क्रियाकलाप खेलकुद संचालन गर्नुपर्ने तथा बिबिए अध्ययन कार्यक्रम ल्याइ संचालन गर्नुपर्ने माग समेत रहेको छ ।
यस्तै क्याम्पसमा रहेको अस्थाई र आशिंक शिक्षकको तलब लगायतको विषयमा आर्थिक पारदिर्शत गर्न समेत माँग गरिएका छन् ।

प्रकाशित मिति: २०२४-०१-१० , समय : १९:०६:०१ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित