व्यक्तिगत स्वार्थका लागि सप्तरीको कञ्चनरुपका मेयरले गरे प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार
मिति: २०२४-०१-०८ , समय : १५:३८:२० , गामघर डेस्क
मिति: २०२४-०१-०८ , समय : १५:३८:२० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकाका प्रमुख ललन कुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेमाथि हातपात र दुर्व्यवहार गरेका छन् । हिजाे सोमबार कार्यकक्षमै आएर नगरप्रमुख गुप्ताले हातपात र दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।
चार जना करार कर्मचारीलाई तलब खुवाउन लविङ गर्दै आएका नगरप्रमुख गुप्ताले आफूमाथि हातपात गरेको उनले बताए । कार्यपालिका निर्णय बेगर नै उनीहरुको तलब भुक्तानी गर्न प्रमुख गुप्ताले अधिकृतमाथि दबाब बढाएपछि उक्त घटना भएको बताइएको छ ।
कार्यपालिकाको निर्णय बिना नै उनीहरूलाई तलब खुवाउन प्रमुख गुप्तालेआफूमाथि पटकपटक दबाब र धाकधम्की दिँदै आएको उनले जानकारी दिए ।कार्यपालिकाको निर्णय भए मात्रै उनीहरुको तलब भुक्तानी गर्न सक्ने आफूले बताएपछि नगर प्रमुखले विभिन्न किसिमको डर त्रास र ज्यान मार्ने धम्की समेत दिने गरेको उनले बताए ।
दिनेश कुमार गुप्ता, विवेक साह, अजय कुमार मण्डल र आदित्य रामको रोकिएको तलब निकासा गरिदिन प्रमुख गुप्ताले अधिकृतमाथि दबाब सिर्जना गरेको बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार उनीहरूको नियुक्तिको म्याद सकिएको छ । चालु आर्थिक वर्षमा समेत उनीहरुको म्याद थप गरिएको छैन ।उनीहरु अहिले नियमित कार्यालयमा हाजिरसमेत भएका छैनन् । यस्तो अवस्थामा तलब खुवाउन नसकिने उनको भनाइ छ ।
यता नगरप्रमुख ललन प्रसाद गुप्ताले आफूले अधिकृतमाथि हातपात र दुर्व्यवहार नगरेको बताएका छ्न् । उनले अधिकृतले विगत नौ महिनादेखि कामकारबाही अड्काएर राखेको आरोप लगाए ।
प्रकाशित मिति: २०२४-०१-०८ , समय : १५:३८:२० , 1 year अगाडि