भारतको गुजरातमा ४ अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद
मिति: २०२३-०३-०७ , समय : १४:४२:१७ , गामघर डेस्क
मिति: २०२३-०३-०७ , समय : १४:४२:१७ , गामघर डेस्क
गामघर डेस्क
भारत । भारतको गुजरातमा चार अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ । भारतीय तट रक्षकको सुरक्षा बलले गरेको संयुक्त खोजतलासका क्रममा चार अर्ब २५ करोड भारु बराबरको ६१ किलो खैरो हिरोइन बरामद गरेको बीबीसी हिन्दीले जनाएको छ ।
इरानबाट आएको डुङ्गामा लागुऔषध भेटिएको र पाँच जना पक्राउ परेका खबरमा उल्लेख छ । इरानबाट लागुऔषध आइरहेको गोप्य सूचनाको आधारमा सुरक्षा बलले खोजी अभियान चलाएको थियो ।
अहिले पक्राउ परेको गिरोह ठूलो अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्धित रहेको शङ्कामा अनुसन्धानलाई तीव्र बनाइएको बीबीसीले जनाएको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०३-०७ , समय : १४:४२:१७ , २ वर्ष अगाडि