भारतकाे तमिलनाडुमा कुटपिट भएको अफवाह फैलिएपछि नेपाली कामदार त्रासमा….
मिति: २०२३-०३-०७ , समय : ०९:५०:५० , गामघर डेस्क
मिति: २०२३-०३-०७ , समय : ०९:५०:५० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । भारतको तमिलनाडुमा बिहारका मजदुरमाथि कुटपिट भइरहेको अफवाह फैलिएपछि त्यहाँ रहेका नेपाली कामदारहरुले पनि असुरक्षित महसुस गरेको बताएका छन् ।
तमिलनाडुमा नेपालीलाई पनि हिन्दीभाषीका रूपमा व्यवहार हुने भएकाले आफूहरू त्रासमा बसिरहेको त्यहाँ रहेका केही नेपाली कामदारहरुले बताएका बीबीसीले जनाएको छ ।
भारतमा रहेको नेपाली राजदूतावासले तमिलनाडुमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रहेको र त्यहाँ कुनै अप्रिय घटना भए दूतावासलाई तुरुन्तै जानकारी गराउन अनुरोध गरेको बताएको छ । पछिल्ला केही दिनमा तमिलनाडुमा कार्यरत बिहारका मजदुरमाथि कुटपिट भएका विवरण सामाजिक सञ्जालबाट सार्वजनिक भइरहेका छन् । तर भारतीय सञ्चारमाध्यमहरुले पुराना भिडियो सामाजिक सञ्जालमा राखेर अफवाह फैलाएको दाबी गरेका छन् । सार्वजनिक भइरहेका भिडियोलाई लिएर बिहार र तमिलनाडु राज्यका मुख्यमन्त्रीबीच कुराकानी पनि भएको बीबीसी हिन्दीले जनाएको छ ।
तमिलनाडु राज्यका विभिन्न ठाउँमा नेपाली सुरक्षा गार्ड, निर्माण, होटल तथा रेस्टुराँ, पसल तथा विभिन्न उद्योगमा पनि कार्यरत रहेका छन् । एकिन तथ्याङ्क नभए पनि त्यहाँ हजारौँ नेपाली मजदुरहरु रहेका प्रवासी नेपाली सङ्घसंस्थाहरुको भनाइ छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०३-०७ , समय : ०९:५०:५० , २ वर्ष अगाडि