न्याय माग्दै प्रदर्शन गर्ने आरती साहका परिवार सदस्यसहित पक्राउ
मिति: २०२४-०१-०२ , समय : २०:३५:३८ , गामघर डेस्क
मिति: २०२४-०१-०२ , समय : २०:३५:३८ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
आरती साहको न्याय माग्दै प्रदर्शन गर्ने क्रममा उनका परिवारसहित प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोग अगाडी प्रदर्शन गर्ने क्रममा आरतीका बुबा विनोद साह, भाइ प्रेम साह, अभियानकर्मी कृतिका यादव, जस्मिन ओझा, विनु यादव र दीपक गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको प्रहरीले जनाएको छ ।
यता आरतीका माइत पक्षले २०१ दिनदेखि न्याय माग्दै काठमाडौंमा धर्ना बस्दै आएका छन् । सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि आरती साहका परिवारले शान्तिवाटिकामा शान्तिपूर्ण धर्ना दिँदै आएको छ ।
दाइजोको निहुँमा छोरी आरती साहको हत्या गरेको उनका आमा–बुवाले दावी गर्दै आएका छन् ।
प्रकाशित मिति: २०२४-०१-०२ , समय : २०:३५:३८ , १२ महिना अगाडि