काठमाडौंमा धोती दिवस मनाउने क्रममा डा. सीके राउतसहित दर्जनौं मधेशी नेता पक्राउ
मिति: २०२४-०१-०१ , समय : १०:४१:५६ , गामघर डेस्क
मिति: २०२४-०१-०१ , समय : १०:४१:५६ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । धोती दिवस मनाउन माइतीघरमा भेला भएका दर्जनौं मधेशी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सेतो धोती लगाएर माइतीघरमा भेला भएका सयौं मधेशीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, उपाध्यक्ष अब्दुल खान, दिपक साह, प्रवक्ता डा. शरद सिंह यादव, राष्ट्रिय सचिव बीपी साह लगायत छन् । उनीहरुलाई अहिले प्रहरी कार्यालयमा राखिएको छ ।
‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका उनीहरूमाथि प्रहरीले दमनसमेत गरेको छ । राज्यको यो कदमको मधेशमा चौतर्फी विरोध र आलोचना सुरु भएको छ ।
प्रकाशित मिति: २०२४-०१-०१ , समय : १०:४१:५६ , १२ महिना अगाडि