सप्तरीमा रगत अभाव भएपछि प्रहरीद्वारा रक्तदान कार्यक्रम
मिति: २०२३-१२-३० , समय : १६:४६:३३ , गामघर डेस्क
मिति: २०२३-१२-३० , समय : १६:४६:३३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराज नगरपालिका वडा न.७ स्थित गजेन्द्र चोकमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो रक्तदान कार्यक्रम जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजना तथा रक्त संचार सेवा राजविराजको सहयोगमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप “वृहत रक्तदान कार्यक्रम”मायस कार्यालयका तथा मातहत युनिट कार्यालय, मधेस पदेस पहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यलय राजविराज, सशस्त्र प्रहरी गण नं.६ राजविराजका प्रहरी कर्मचारी लगायतले रक्तदान गरेको छ । उक्त रक्तदान कार्यक्रममा नेपाल प्रहरीका २९ जना,सशस्त्र प्रहरी बल नेपालका ४ जना तथा विभिन्न संघ संस्थाका पदाधिकारी लागायत स्थानिय मानिसहरु गरी १२ जना, समेत गरी जम्मा ४५ जनाले रक्तदान गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले सञ्चारकर्मीलार्ए जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२३-१२-३० , समय : १६:४६:३३ , 1 year अगाडि