कोशी प्रदेश : हात्तीको आक्रमणबाट १ जनाकाे मृत्युु
मिति: २०२३-१२-२९ , समय : ११:५२:४६ , गामघर डेस्क
मिति: २०२३-१२-२९ , समय : ११:५२:४६ , गामघर डेस्क
गामघर डेस्क
सुनसरी । कोशी प्रदेशमा हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिका–११ दुधेका ४५ वर्षका मेघराज राईको मृत्युु भएको छ ।
गए राति हात्तीले घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार झापामा डेढ महिनामा हात्तीको आक्रमणबाट राईसहित चार जनाको ज्यान गएको छ ।
पुसको ४ गते हल्दीबारी गाउँपालिका–२ का कार्यालय सहयोगी स्थानीय ५८ वर्षीय पाताल राजवंशीको ज्यान गएको थियो । यस्तै मङ्सिर १५ गते हल्दीबारी–३ रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वन र त्यसअघि मङ्सिर ६ गते दमक नगरपालिका–२ को बेलडाँगी शिविरका पदमलाल तामाङको हात्तीको आक्रमणमा परेर ज्यान गएको थियो ।
झापासहित मोरङ, सुनसरीमा हात्तीको आतङ्क बढेको छ । यी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको हो । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका जङ्गली हात्ती नफर्किएका कारण मुख्य गरी तीन जिल्लामा त्रास बढेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
प्रकाशित मिति: २०२३-१२-२९ , समय : ११:५२:४६ , १२ महिना अगाडि