सप्तरीको छिन्नमस्ता गाउँपालिकाकाे लोखरममा बर्थिङ सेन्टरको उदघाटन

जनताहरुको घर घरमा स्वास्थ्य सेवा पुर्याउने : अध्यक्ष चौधरी

मिति: २०२३-१२-२८ , समय : ०७:१९:४७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ स्थित लोखरममा बर्थिङ सेन्टर (प्रसुती गृह) को उदघाटन गरिएको छ।
छिन्नमस्ता गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुरकाे अध्यक्ष्ातामा तथा गाउपालिकाका अध्यक्ष विघानन्द चौधरीकाे प्रमुख अातिथ्यमा साे बर्थिङ्ग सेन्टरको उदघाटन गरिएको हाे । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष राजुदेवी यादवका साथै सम्पुर्ण वडाका वडा अध्यक्षहरु, गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत ललन कुमार यादव, प्रशासन प्रमुख दिपेन्द्र यादव लगायत सम्पुर्ण स्वास्थ्य शाखाका कर्मचारीहरु तथा महिला स्वयंसेविकाहरु, स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख, सेभ द सप्तरी र सेभ द चिल्ड्रेनका पदाधिकारीहरु, स्थानीय भर भलादमी, नेता ,वुद्धिजिवी र उक्त वडाका सम्पुर्ण कर्मचारीहरु लगायत वडा नम्बर ५ का आम जनसमुदायहरुको बिच बर्थिङ्ग सेन्टर उदघाटन कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा बोल्दै छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले गाउँपालिका कार्यालय अन्तर्गत रहेको यो पहिलो बर्थिङ्ग सेन्टर उदघाटन गर्दा एकदमै खुशी भएको छु। यश बर्थिङ्ग सेन्टरले २४ सै घण्टा सेवा प्रदान गर्नेछन र स्वास्थ्य क्षेत्रलाई अझै प्रभावकारी बनाउनेछन। अगाडीको दिनमा अन्य वडाहरुमा पनि बर्थिङ्ग सेन्टर तथा स्वास्थ चौकीहरु निर्माण गर्नेछौं। गाउँपालिकाका हरेका जनताहरुको घर घरमा स्वास्थ्य सेवा पुर्याउनेछौं। साथै उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत वडा अध्यक्ष समेतले उक्त बर्थिङ्ग् सेन्टर निर्माण गर्नका लागि ७ कठ्ठा जग्गा दान गरेका जग्गा दाता स्वर्गीय श्री छोटकैन खँगका परिवारका सदस्य जयनाथ शर्मा लगायतका परिवार सदस्यलाई सम्मान गर्नुका साथै मायाको चिनो समेत प्रदान गरेको थियो।

प्रकाशित मिति: २०२३-१२-२८ , समय : ०७:१९:४७ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित