एमाले निकट राष्ट्रिय युवा संघको सप्तरी जिल्ला अधिवेशन माघ ११ गते हुने

मिति: २०२३-१२-२८ , समय : ०७:०६:५६ , नविन यादव

तस्बिर : सामाजिक सन्जालबाट

नविन यादव

राजविराज । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको सप्तरी जिल्ला अधिवेशन माघमा गर्ने निर्णय भएको छ।

सप्तरीको सदरमुकाम राजविराज स्थित पार्टी कार्यालय मदननगरमा बसेको युवा संघको जिल्ला कमिटी बैठकले माघ महिनाको ११ गते बिहीबारका दिन राजविराजमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो।

सो संगठनले भव्यरुपमा अधिवेशन सम्पन्न गर्ने गरि तयारीमा लाग्ने जिल्ला इन्चार्ज चितरंजन यादवले जानकारी दिएको छ।उनका अनुसार प्रत्येक स्थानीय तहबाट युवा सदस्यका आधारमा प्रतिनिधि छनौट गरिनेछ।करिब अढाई सयभन्दा बढी निर्वाचित प्रतिनिधिहरुको सहभागितामा अधिवेशन सम्पन्न गरिने उनले बताए ।

नेकपा एमालेको २३ वटा जनसंगठन मध्ये पार्टीको मेरुदण्डको रुपमा स्थापित भइरहेको राष्ट्रिय युवा संघ नेपालको सप्तरी जिल्ला अधिवेशनले युवा आन्दोलनमा उर्जा थपिने विश्वास लिएको मधेस प्रदेश कमिटीका युवा विज्ञ परिषद विभाग प्रमुख पिन्टु कुमार यादवले जानकारी दिए ।

त्यस्तै ,जनसंगठन समन्वय संयन्त्रको जिल्ला संयोजक दुर्गानन्द ठाकुरले युवा संघ पार्टीको गतिशील संगठन रहेकोले यस संगठनमा सृजनात्मक एवं रचनात्मक युवाहरुलाई आबद्ध गर्नुपर्नेमा जोड दिए ।युवा संघको अधिवेशन सफलताको शुभकामना दिदै उनले अबको नेतृत्वले युवा संघलाई अझ गतिशील बनाउने अपेक्षा व्यक्त गरे ।

पार्टी जिल्ला अध्यक्ष ताराकान्त चौधरीले युवा संघले घोषणा गरेको जिल्ला अधिवेशन सम्पन्न गराउन पार्टीले खेल्नुपर्ने भुमिकामा कुनै कन्जुस्याइँ नगर्ने भन्दै सफलताको शुभकामना ब्यक्त गरेको थियोे ।

बैठक युवा संघको बर्तमान जिल्ला अध्यक्ष चितरंजन यादवको अध्यक्षता र पार्टी जिल्ला कमिटी अध्यक्ष ताराकान्त चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । युवा संघ जिल्ला कमिटी सचीव सरोज राना मगरले सञ्चालन गरेको बैठकमा पार्टी जिल्ला सचीव देवनाथ यादव र प्रदेश कमिटी सदस्य रत्ना कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो ।

यसैगरी युवा संघको प्रदेश कमिटी सदस्य पिन्टु यादव,शैलेश यादव,रामअबतार मण्डल,मो जियाउल रहमान र पूर्व केन्द्रिय सदस्य रन्जन झा लगायतको पालिका कमिटी अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-१२-२८ , समय : ०७:०६:५६ , १२ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित