सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा १७ वर्षदेखि राहत शिक्षकको भरमा पठनपाठन

मिति: २०२३-१२-२६ , समय : २१:३५:०७ , नविन यादव

तस्बिर : सामाजिक सन्जालबाट

नविन यादव

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एउटा बिद्यालयमा १७ वर्षदेखि राहत शिक्षकको भरमा पठनपाठन सञ्चालनमा रहेको पाइएको छ।

नेपाल सरकारको स्थायी दरबन्दी नरहेको सो पालिकाको वडा नम्बर ७ सडेपारस्थित रहेको श्री हरिहर हरिनारायण आधारभूत बिद्यालयको पठनपाठन अहिलेसम्म सम्म एक जना राहत शिक्षक र कार्यालय सहयोगीको भरमा सञ्चालमा रहेको हाे ।

स्थानीय हरिनारायण यादव र हरिहर देविले १० कठा १३ धुर जग्गादान गरेपछि वि.स.२०६३ सालमा सो बिद्यालय स्थापना हुँदा त्यस यता एक जना राहत शिक्षक र कार्यालय सहयोगीको भरमै बिद्यालय सञ्चालनमा छ्न।

जिल्ला शिक्षा कार्यालय सप्तरीबाट २०६५ सालमा कक्षा एकदेखी ३ सम्म सञ्चालन गर्न अनुमति प्राप्त भएको प्रधानाध्यापक अरुण कुमार यादवले जानकारी दिएको छ। उनका अनुसार दाता परिवारकी ललिता देवी यादवलाई पिसिएफ कोटाबाट र दुई जना निजि स्रोतबाट शिक्षक कार्यरत थिए ।२०७० साल साउन २८ गते नेपाल सरकारको स्थायी प्रअको रुपमा शिव नारायण मण्डल हाजिर भएपछी पिसिएफ कोटाबाट कार्यरत रहेकी ललिताले राजिनामा दिइन् ।

हाजिर भएपछी प्रअ मण्डलले राहत शिक्षक र कार्यालय सहयोगीको बिज्ञापन गरेर नियुक्ति गरेको पाइएको छ। कार्यालय सहयोगीमा शारदा कुमारी मण्डल र राहतमा अरुण यादवको नियुक्ति भयो । प्रअ मण्डलको अवकाश भएदेखि अहिलेसम्म उनीहरु दुई जनाकै भरमा बिद्यालय सञ्चालनमा रहेको छ।

विद्यार्थीको संख्या ९० जना थियो । वि.स २०८० साल बैशाख महिना १२ गते प्रअ शिवनारायण मंडलले अबकास प्राप्त भएपछि सो विद्यालयमा प्रअको नियुक्ति शिक्षक अरुण कुमार यादवलाई दिए । बर्तमान प्रअ अरुण कुमार यादवको अनुसार विद्यालयमा कक्षा १ देखी ५ सम्ममा विद्यार्थीको संख्या ११९ जना रहेकाे छ । राहत कोटाको कार्यालय सहयाेगीको भरमा विद्यालय संचालन हुदै आएका छन, हामी पालिकालाई मांग गरेको छु एक जना शिक्षक र एक जना शिक्षिकाकाे । यता साे सम्बन्धमा गाउपालिकाकाे शिक्षा शाखामा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति: २०२३-१२-२६ , समय : २१:३५:०७ , १२ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित