सप्तरीको काेशि ब्यारेजबाट अबैध गाँजा बरामद

मिति: २०२३-०३-०६ , समय : १८:११:०४ , शुभ नारायण यादब

तस्बिर : जिल्ला प्रहरी कार्यालय सप्तरी

शुभ नारायण यादब

राजविराज । पछिल्लोपटक सप्तरीको काेशि ब्यारेज सहित जिल्लाका विभिन्न सिमावर्ति नाकाहरुमा अबैध गाजाकाे तस्करी फष्टाएकाे छ । नेपालबाट अबैध रुपमा चाेरि तस्करी गरि छिमेकी भारततर्फ गाजा तस्करी हुने गरेको खुलासा भएको छ । साेहि क्रममा सप्तरीकाे हनुमाननगर कंकालिनि नगरपालिका वडा न. १ कोशी ब्यारेजबाट दक्षिण कोशी बाधको २ सय मिटर तल छेउमा बालुवा मुनि अवैध रुपमा गाँजा गाडि राखेको अवस्थामा अबैध गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बिशेष सुराकीको आधारमा कन्चनपुर प्रहरीको टोलिले बालुवा मुनि गाडेर राखेको ६० केजी गाजा बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ । यता काेशि ब्यारेज पछिल्लोपटक गाजा तस्करीको केन्द्र बिन्दु बन्दै गएको स्थानीयहरुकाे भनाइ रहेको छ ।

प्रकाशित मिति: २०२३-०३-०६ , समय : १८:११:०४ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित