सप्तरीकाे गजेन्द्रनारायण सिंह अस्पतालमा काउन्टर इन्चार्ज सिंहले साढे ६ लाख रुपैयाँ स्वाहा गरेको खुलासा
मिति: २०२३-१२-२४ , समय : १३:४२:०२ , गामघर डेस्क
मिति: २०२३-१२-२४ , समय : १३:४२:०२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साढे ६ लाख रुपैयाँ अपचलन भएको खुलासा भएको छ । अस्पतालको बिल काउन्टर इन्चार्ज धीरेद्रकुमार सिंहले ६ लाख ४५ हजार एक सय ५९ रुपैयाँ अपचलन गरेको तथ्य खुलेको हो ।
बिल काउन्टरमा उठेको रकम बैंकमा दाखिला गर्नुपर्ने भए पनि अस्पतालका इन्चार्ज सिंहले आफ्नो व्यक्तिगत काममा लगाएर अस्पतालको पैसा दुरुपयोग गरेको अस्पताल स्रोतको दाबी छ।
स्रोतका अनुसार आर्थिक वर्ष ०८०/८१ को कात्तिक मसान्तसम्म अस्पतालमा एक करोड ४४ लाख ९ हजार दुई सय ४९ रुपैयाँ आम्दानी भएको छ । तर, सिंहले एक करोड ३७ लाख ६४ हजार ८० रुपैयाँ मात्र बैंक दाखिला गरी ६ लाख ४५ हजार एक सय ५९ रुपैयाँ अपचलन गरेको स्रोतले बताएको छ ।
बिल काउन्टरमा उठेको आम्दानी बैंकमा दाखिला नभएको अस्पतालका सूचना अधिकारी आशाराम यादवले स्वीकार गरेका छन् । उनका अनुसार बिल काटेको भोलिपल्टै बैंक दाखिला गर्नुपर्छ । तर, कात्तिकसम्मको आम्दानीको ६ लाख ४५ हजार रकम अझै दाखिला नभएको उनले बताए।
आर्थिक वर्ष ०८०/८१ को कात्तिक मसान्तसम्म एक करोड ४४ लाख नाै हजार दुई सय ४९ रुपैयाँ आम्दानी भएकोमा सिंहले ६ लाख ४५ हजार एक सय ५९ रुपैयाँ दाखिला गर्न बाँकी रहेको यादवले नयाँ पत्रिकासँग बताए।
यस विषयमा प्रश्न गर्दा इन्चार्ज सिंहले बिल काउन्टरमा उठेको पैसाको सम्पूर्ण हिसाब सूचना अधिकारीलाई दिएको भन्दै थप प्रतिक्रिया दिएनन्। नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२३-१२-२४ , समय : १३:४२:०२ , 1 year अगाडि