सप्तरीको लाेहजारामा फाल्गुन २७ गतेदेखि बिष्णु महायज्ञ हुने

मिति: २०२३-०३-०६ , समय : १७:४२:२५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको तिरहुत गाउँपालिका वडा न.५ लोहजारामा अगामी फाल्गुन २७ गते शनिवारदेखि भुमि पुजन,प्राण प्रतिष्ठान,हवन,यज्ञ प्रारम्भ हुने भएको छ ।


तिरहुत गाउपालिका वडा न. ५ लोहजारास्थित सन्यासी बाबा मन्दिर प्राङ्खणमा समितिका कोषाध्यक्ष बद्री अरगरियाले फाल्गुन २७ गते शनिवारदेखि भुमि पुजन,प्राण प्रतिष्ठान,हवन,यज्ञको साथै मेला समेत प्रारम्भ हुने जानकारी दिनुभयो । उहाँले विश्व कल्याणार्थको लागी होम कुण्ड, हवन,यज्ञ,कथा प्रवचन,झाँकी लगायत मेलामा झुला लगायत रहने बताउनुभयो । उहाँले चैत्र ५ गते आईतवारसम्म यज्ञ पुणार्हुती तथा हनुमान आराधना संत भण्डारा तथा विदाई समापन हुने बताउनु भयो । सो कायँक्रममा यज्ञाचार्य डा.महंथ जानकी बल्लभ दास वेदान्ती,राधादेवी जीरोगा,स्वामी कल्याणजी महाराज,गोपाल दास लगायतले प्रवचन दिने समितिले जनाएको छ । यस यज्ञमा १० लाखसम्म खर्च हुने अनुमान गरीएको छ भने कोषध्यक्ष अरगरियाले जानकारी दिनु भयो । साे यज्ञमा ५५ वटामा शिव,पार्वती,गणेश,हनुमान,लगायतका मुर्ति रहने मुर्तिकार जुगतीलाल मण्डलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०३-०६ , समय : १७:४२:२५ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित