सप्तरीको महादेवा गाउपालिकामा अतिक्रमण जग्गा खाली गराउदै…
मिति: २०२३-१२-१९ , समय : १५:०९:५६ , गामघर डेस्क
मिति: २०२३-१२-१९ , समय : १५:०९:५६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकामा विगत बर्षौ बर्षदेखि अतिक्रमित जग्गाको खाली गराउन शुरु गरेको छ । गाउँपालिका भित्रको ६ बटै वडामा अतिक्रमित जग्गालाई खाली गराउने गापाका अध्यक्ष सुनिल कुमार मण्डलले सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले अतिक्रमणको कारण बाटो धाटो,सार्वजनिक पोखरी,डगर,बाटोलाई पहिलो प्राथमिकतामा राखेर कामलाई आज महादेवा गाउँपालिकाको वडा नम्बर ५ भगवतपुर स्थित वडका पोखरीबाट शुरु गरेको बताउनुभयो । यस पोखरीको चारै तर्फ डिललाई स्थानियले अतिक्रमण गरी विभिन्न संरचना विगत बर्षदेखि निर्माण गरी उपभोग गरीरहेको स्थानिय युवा विनय विक्रम मण्डलले सञ्चारकर्मीलाई बताउनुभयो । यस पोखरीको अन्दाजी एक विधा जग्गालाई जे.सी.वी प्रयोग गरेर अतिक्रमण मुक्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताउनुभयो । उहाँका अनुसार यो कार्य अन्य वडाहरुमा समेत क्रमशः निरन्तर जारी रहने बताउनु भयो । अतिक्रमण कार्यमा शान्ति सुरक्षाको लागी स्थानिय प्रहरी चोकीसगै समन्वय समेत गरीएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो । यस पोखरीसगै यस ५ न.ं वडा अन्तर्गत रहेका सार्वजनिक पोखरीहरु,डगर,बाटो,जण्डोल–कुशहा सडक लगायत अतिक्रमित जग्गाहरुलाई प्राथमिकतामा राखेर कामलाई अगाडी बढाएको ५ नं. वडाध्यक्ष हरेराम मण्डलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-१२-१९ , समय : १५:०९:५६ , १२ महिना अगाडि