विवाह पञ्चमी महोत्सव : जनकपुरधाममा २१ जोडी वरवधूको सामुहिक विवाह

मिति: २०२३-१२-१९ , समय : १४:४६:२२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर । विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क सामुहिक विवाह गराएको छ । जनकपुरधामको जानकी मन्दिरमा हिजो बेलुका सामूहिक विवाहको कार्यक्रम सम्पन्न भएको परिषद्का अध्यक्ष सन्तोष साहले जानकारी दिनुभयो ।

विवाह पञ्चमीको अवसर पारेर जनकपुरधाममा भएको महोत्सवमा सामूहिक निःशुल्क विवाहको आयोजना गरिएको थियो । सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभविवाहको आयोजना गरेको परिषद्ले जनाएको छ ।

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोतेसहितका सबै सामग्री परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको अध्यक्ष साहले बताउनुभयो । गरिब तथा विपन्न वर्गका बेहुला बेहुलीको छनोट गरी सामूहिक विवाह भएको हो ।

यसैबीच जनकपुरधाममा अन्नबाट सीताराम स्वयम्वरको आकृति बनाएका भारत उत्तरप्रदेशका कलाकार सतीश गुर्जरले पनि सामूहिक विवाह कार्यक्रममा स्वयंम्वर गर्नु भएकाे छ । उहाँले उत्तर प्रदेशकी यज्ञनी गुर्जरसँग स्वयम्वर गर्नुभएको हो ।

विगत केही वर्षदेखि विश्व हिन्दु परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै दाइजोको समस्या घटाउने बेहुली पक्षका आफन्तले बताएका छन् । विवाह गरेकाहरुको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएको थियो ।

प्रकाशित मिति: २०२३-१२-१९ , समय : १४:४६:२२ , १२ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित