भारतमा विपक्षी दलका ३० जनाभन्दा धेरै सांसद लोकसभाबाट निलम्बन
मिति: २०२३-१२-१८ , समय : २१:४८:५६ , गामघर डेस्क
मिति: २०२३-१२-१८ , समय : २१:४८:५६ , गामघर डेस्क
गामघर डेस्क
भारत ।
भारतको लोकसभामा विपक्षी दलका ३० जनाभन्दा धेरै सांसद निलम्बित भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार सांसदहरूलाई हिउँदे अधिवेशनको बाँकी दिनका लागि निलम्बन गरिएको हो ।
यसअघि अघिल्लो हप्ता नै १३ जना सांसदलाई लोकसभाबाट निलम्बन गरिएको थियो । विपक्षी सांसदहरूले डिसेम्बर १३ तारिखमा संसदमा भएको सुरक्षा लापर्बाहीको मुद्दा उठाउँदै आज साेमवार बिहानैदेखि नाराबाजी गरेका थिए । उनीहरूले सुरक्षा लापर्बाहीबारे गृहमन्त्री अमित शाहको राजीनामा माग गर्दै नाराबाजी गरेपछि सभामुखले ३० जनालाई निलम्बन गरिएको घोषणा गरेका समाचारमा उल्लेख छ ।
याे कदमको प्रतिपक्षले कडा आलोचना गरेको छ । कांग्रेसका सांसद गौरव गोगोईले भारतीय जनता पार्टी (बीजेपी) ले मौलिक अधिकारलाई कुल्चिइरहेको आरोप लगाउनुभएको छ । लगातारको अवरोधका कारण लोकसभाको बैठक आज स्थगित भएको छ । एजेन्सी
प्रकाशित मिति: २०२३-१२-१८ , समय : २१:४८:५६ , १२ महिना अगाडि