सप्तरीमा माेटरसाइकल दुर्घटना हुदा मण्डलकाे मृत्यु
मिति: २०२३-०३-०६ , समय : ०८:१६:११ , गामघर डेस्क
मिति: २०२३-०३-०६ , समय : ०८:१६:११ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीकाे बोदेबर्साईन नगरपालिका वडा न.- ५ स्थित बर्साईन टोल नजिक हुलाकी सडक खण्डमा माेटरसाइकल दुर्घटना हुदा एक जनाकाे मृत्युु भएको छ । पश्चिम बाट पुर्व तर्फ आउदै गरेको BR 32 Y 6057 नम्बरको मोटरसाइकल आफै आनियन्त्रित भई रोडको छेउमा गाडिएको सांकेतिक पोलमा ठोकिइ दुर्घटना हुदा मोटरसाइकल चालक सप्तरीको बलान बिहुल गाउपालिका वडा न. ४ वेल्ही वस्ने ५५ बर्षिय विशो मण्डलकाे मृत्युु भएको हाे । दुर्घटनामा गम्भीर घाइते मण्डलकाे तत्काल जिवन ज्योति अस्पताल बोदेबर्साईनमा ल्याई ई.सि.जी.गर्दा डा. वाट मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता सोही माेटरसाइकलमा पछाडि सवार साेहि ठाउका १८ बर्षिय कमलेश कुमार शर्माको कमरमा चोट लागेकाे तथा उनकाे जिवन ज्योति अस्पताल बोदेबर्साईनमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यता साे घटनाको थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेश कुमार सिहले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०३-०६ , समय : ०८:१६:११ , 2 years अगाडि