सप्तरीको छिन्नमस्ता गाउपालिकाको वडा न.१ बरहि बिरपुर बालविवाह मुक्त वडा घोषणा

मिति: २०२३-१२-१३ , समय : २१:१३:३१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको १ नम्बर वडा बालविवाहमुक्त घोषणा भएको छ।

बुधबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले घोषणापत्र प्रस्तुत गर्दै वडा नम्बर १ बरहि बिरपुरलाई बालविवाह मुक्त वडा घोषणा गरेका हुन्। अध्यक्ष चौधरीले बालविवाहमुक्त घोषणा हुनु एकदमै सराहनीय रहेको भन्दै कार्यान्वयनमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।


कार्यक्रमका प्रमुख अतिथि पूर्वसिँचाइमन्त्री उमेशकुमार यादवले कम उमेरमा विवाह गर्दा जीवनभर विभिन्न किसिमको समस्या खेप्नुपर्ने उल्लेख गर्दै बालविवाह हुन नदिन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष ललन प्रसाद यादवको अध्यक्षतामा अायाेजित कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाकि उपाध्यक्ष राजु देवी यादव तथा सबै वडाका वडा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी सहित विभिन्न सरोकारवालाहरुको उपस्थितिमा गाउँपालिका अध्यक्षले बालविवाह मुक्त छेत्र घोषणा पत्र हस्तान्तरण गरि उक्त वडालाई बालविवाह मुक्त वडा घोषणा गरेको हो।उक्त कार्यक्रममा सहभागी वक्ताहरुले बालबालिकाले निम्त्याइरहेको समस्या र सामाजिक विकृति तथा बालविवाह रोक्न तथा यसको निराकरण गर्ने जस्ता विषयहरुमा आ-आफ्नो धारणा राख्नुभएको थियोे ।

प्रकाशित मिति: २०२३-१२-१३ , समय : २१:१३:३१ , 1 year अगाडि