मधेस प्रदेश : करेन्ट लागेर एक युवकको मृत्यु

मिति: २०२३-१२-१३ , समय : १७:४५:२३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

सिरहा । करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका वडा न.५ मा एक युवकको मृत्यु भएको छ ।

खेतमा रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोडाउने क्रममा करेन्ट लागेर १८ वर्षीय रामरिझन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

करेन्ट लागेर मृत्यु भएका अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय गोल बजारले घटनास्थलमा मुचुल्का तयार पारी मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमा लगेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-१२-१३ , समय : १७:४५:२३ , 1 year अगाडि