शहीद तथा बेपत्ता पारिएका योद्धा परिवारको सम्मान
मिति: २०२३-०३-०५ , समय : १८:३०:३२ , गामघर डेस्क
मिति: २०२३-०३-०५ , समय : १८:३०:३२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सप्तरीको आयोजनामा शहीद तथा बेपत्ता पारिएका योद्धा परिवार आईतवार एक समारोह विच सम्मान गरेको छ ।
नेकपा((माओवादी केन्द्र) सप्तरीले आयोजना गरेको सम्मन कार्यक्रममा वक्ताहरुले शहीद तथा बेपत्ता पारिएका योद्धा परिवारले थालिङ्ग जस्तो, उदास जस्तो, जसले गर्व गरेर यो देशमा हाँस्नुपर्ने हो त्यो उदास जस्तो, निराश जस्तो, जो मानिसहरुले हेरेर हामीलाई गर्व गर्नुपर्ने हो, लाज मानेर घोप्टे मुन्टो लगाएर हिँड्नुपर्ने अबस्था रहेको बताए । जसले सम्मान पाउनुपर्ने हो, जो सम्मानित हुनुपर्ने हो, त्यो अपराधी जस्तो, पार्टीका नेताहरुले के गरिरहेको छ बक्ताहरुले आक्रोस ब्यक्त गरे । माओवादी पार्टी न त जिल्लामा छ,न त प्रदेशमा । नेकपा((माओवादी केन्द्र)का केन्द्रीय सदस्य उमेश यादवको अध्यक्षता तथा मधेस सरकारको उद्योग ,पर्यटन तथा वन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा के.स.सदस्य असर्फी सदा,अनिल साह,पुर्व प्रदेश सदस्य छेदी रजक,भागवत यादव लगायत आ आफनो विचार ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा प्रमुख आतिथ्य मन्त्री यादवले दर्जनौ शहीद तथा बेपत्ता पारिएका योद्धा परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन ।
प्रकाशित मिति: २०२३-०३-०५ , समय : १८:३०:३२ , 2 years अगाडि