सप्तरीमा अलपत्र प्रतिष्ठान निर्माणको माँग गर्दै १० हजार हस्ताक्षर सहित सप्तरी युथ नेपालद्वारा बृहत् प्रदर्शन

मिति: २०२३-१२-१२ , समय : १५:४१:२० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीमा अलपत्र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण काम सुरु गर्न माग गर्दै सप्तरी युथ नेपालका युवाहरूले हस्ताक्षर अभियान अन्तर्गत १० हजार हस्ताक्षर संकलन ब्यानर सहित बृहत् प्रदर्सन गरेका छन् ।

अाज बिहान सप्तरीको सदरमुकाम राजबिराजस्थित पानी टङ्कीवाट सयौंको सङ्ख्यामा निकालिएको हस्ताक्षर नगर विभिन्न ठाउँ परिक्रमा गर्दे झन्डै दुई वर्ष अघि शिलान्यास गरेर अलपत्र अवस्थामा छाडिएको सो विज्ञान प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न दवाव दिएको हाे।

उक्त कोण सभामा राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविन, वडा ७ का वडाअध्यक्ष सुभाष यादब, वडा ८ का वडाअध्यक्ष जय नारायण मण्डल, स्ववियु सभापति रंजित कुमार यादब लगायतले प्रतिष्ठान निर्माणका लागी दवाव दिएका छन् । ७ दिने सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाइमा हस्ताक्षर अभियान सुरु गरिएको संयोजक सत्येन्द्र यादवले जानकारी दिनुभयो ।

प्रतिष्ठान निर्माणको काम अविलम्ब सुरु गर्न मागँ गर्दै यूवाहरुले यस अघि पहिलो चरणमा र्‍याली, सिट्टी जुलुश, धर्ना, दिउँसै टर्च बालेर प्रर्दशन लगायतका कार्यक्रम गरिसकेका छन् । अर्को तीर प्रतिष्ठान निर्माण कार्य सुरु गर्न माँग गर्दै विगत ५३ दिनदेखि स्थानीयले रिले अनशनलाई निरन्तरता दिइरहेका छन् । तर सरकारले अझै चासो न देखाएको भन्दै यूवाहरुले पनि चरणबद्ध आन्दोलन कार्यक्रम गर्दै सरकारमाथि दबाबको प्रयास थालेका हुन् ।

यता दोस्रो चरण अन्तर्गत हस्ताक्षर अभियान पछि तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने सप्तरी यूथ नेपालका कार्यवाहक अध्यक्ष मोहन कुमार यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-१२-१२ , समय : १५:४१:२० , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित