मधेस प्रदेश : २० वर्षीया मिन्कुदेवीले जन्माइन् तीन सन्तान

मिति: २०२३-१२-१२ , समय : ०८:३८:०१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशको बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिनुभएको छ ।

वीरगञ्जको विर्तामा रहेकाे श्रीराम अस्पतालमा उहाँले शल्यक्रियामार्फत गएकाे आइतवार दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको हो ।

अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन् । शिशुसहित आमाको स्वास्थ्यस्थिति सामान्य रहेको छ ।’

प्रकाशित मिति: २०२३-१२-१२ , समय : ०८:३८:०१ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित