इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेकाे छ : कतार

मिति: २०२३-१२-११ , समय : ०९:४१:०७ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

कतार ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेकाे बताउनु भएकाे छ ।

उहाँले गाजा क्षेत्रमा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थताको प्रयास जारी रहेको बताउनु भएको हो । तर, लगातारको बमबारीको घटनाले जटिलता ल्याएको उहाँले बताउनु भएको छ ।

यसअघि कतारकै प्रयासमा इजरायल र हमासबीच सात दिनको अस्थायी युद्धविराम भएको थियो । गएको अक्टोबरमा प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण थालेपछि इजरायलले पनि आक्रमण गरिरहेको छ । एजेन्सी

प्रकाशित मिति: २०२३-१२-११ , समय : ०९:४१:०७ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्