७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पत्रकार सम्मेलन

मिति: २०२३-१२-१० , समय : १७:५७:०३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँएको छ । सोही अवसर पारेर हरवाचरवा अधिकार मञ्च सप्तरीले विभिन्न दवावमूलक कार्यक्रम गर्दै आईतवार यहाँ पत्रकार सम्मेलन गरी सरकार समक्ष ४ बुँदे माग प्रस्तुत गरेको हो ।
संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी गरेपछि सन् १९५० देखि प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार मनाउने गरिरहेका छन् ।
पत्रकार सम्मेलनमा मञ्चका जिल्ला अध्यक्ष देवलाल रामले हरवाचरवाको लगत प्रमाणीकरण र परिचयपत्र वितरणको प्रक्रिया तत्काल थालनी गर्न, बजेटमा हरवाचरवाको पहुँच, भूमी, आवास, शिक्षा र स्वास्थ्यमा पहुँच र प्रदेश तथा स्थानिय तहबाट सञ्चालन हुने विपन्न गरिव लक्षित कार्यक्रममा हरवाचरवाहरुलाई प्राथमिकता राख्न माग गरेका छन् ।
सोही कार्यक्रममा राष्ट्रिय हरवाचरवा महासंघका महासचिव लागेन्द्र सदाले हरवाचरवाले मानव अधिकारको उपभोग गर्न नसकेकोले दवाव स्वरुप मानव अधिकार दिवसको दिन विभिन्न कार्यक्रम गरेको बताउनु भयो ।
उहाँका अनुसार मधेश प्रदेशको जिल्लामा करिव एकलाख ५० हजार हरवाचरवा रहेको जानकारी दिनु भयो ।
सरकारलाई दवाव दिने उद्देश्यले मानव अधिकार दिवसको अवसर पारेर मञ्चले पत्रकार सम्मेलन, ¥याली, जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र र राजविराज स्थित शिव मन्दिरको प्राङ्गमा कोणसभा गरेका छन् ।

प्रकाशित मिति: २०२३-१२-१० , समय : १७:५७:०३ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित