सप्तरीको राजगढ गाउँपालिकाको नवनिर्मित कार्यालयको भवन उदघाटन
मिति: २०२३-१२-१० , समय : १७:५४:५२ , गामघर डेस्क
मिति: २०२३-१२-१० , समय : १७:५४:५२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजगढ गाउँपालिकाले आफ्नो कार्यालयको भवनको एक कार्यक्रम विच आईतवार उदघाटन गरेको छ ।
गाउँपालिका अध्यक्ष ओैमप्रकाश मण्डलले पानसमा दिप प्रज्वलन गरी रिवन काटेर गाउँपालिका भवनको उदघाटन गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ३ स्थित कुल ५ कठ्ठा १४ धुर क्षेत्रफलमा ११ कोठाको दुई तल्ले नवनिर्मित भवन पाँच करोड ५० लाख लागतमा तयार भएको गाउँपालिकाका इन्जिनियर अजाय यादवले जानकारी दिनु भयो ।
उक्त भवनको डिपिआर ४ तल्लेको भए पनि तत्काल गाँउपालिकाले दुई तल्लाको मात्रै टेन्डर गरेको थियोे ।
भवन निर्माणकार्यको काम थालेको २ वर्ष ६ महिनामा पुरा गरेपनि तुलसी भक्त कंसटक्सनका प्रतिनिधि दिपेन्द्र यादवले आईतवार उदघाटन समाहरोका बिच गाउँपालिका अध्यक्ष ओैमप्रकाश मण्डललाई भवन हस्तान्तरण गरेको हो ।
भवन उदघाटन समारोहमा गाउँपालिकाको उपाध्यक्ष रेणु कुमारी मण्डल, ६ वटै वडाका वडा अध्यक्षहरु, कर्मचारी, राजनीतिकर्मी लगायत स्थानीय जनताहरुको उपस्थिती रहेको थियो ।उक्त भवनको जग्गा पुर्व गापा अध्यक्ष परमान्द यादवले दान दिनुभएको थियो ।
प्रकाशित मिति: २०२३-१२-१० , समय : १७:५४:५२ , १ वर्ष अगाडि