सप्तरीबाट स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ

मिति: २०२३-०३-०५ , समय : १६:४७:२९ , गामघर डेस्क

तस्बिर : जिल्ला प्रहरी कार्यालय सप्तरी

गामघर डेस्क

राजविराज । सप्तरी प्रहरीले स्रोत नखुलेको रकम सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतकाे केसुर दतियाव ग्राम पन्चायत बिहार राज्य घर रहेका ५४ बर्षिय चन्देश्वर ननु ठाकुर रहेको हाे । प्रहरी चाेकि तिलाठिकाे टाेलिले भारतबाट नेपाल तर्फ हिडेर अाइरहेकाे अवस्थामा शङ्का लाग्दा चेकजाच गर्ने क्रममा उनकाे साथबाट प्रहरीले स्रोत नखुलेको रकम रु ८६ हजार ६ सय ५० रुपेया सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेश कुमार सिहले जानकारी दिनुभयाे । यता पक्राउ परेका ठाकुरलाई अावश्यक अनुसन्धानकाे लागि अान्तरिक राजस्व कार्यालय इटहरी सुनसरी पठाइएको तथा घटनाको थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-०५ , समय : १६:४७:२९ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित