सप्तरीमा अलपत्र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको लागी हस्ताक्षर संकलन शुरु
मिति: २०२३-१२-०६ , समय : १९:२७:०९ , गामघर डेस्क
मिति: २०२३-१२-०६ , समय : १९:२७:०९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराज नगरपालिका वडा न.१० विरौलस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको लागी बुधवारदेखि हस्ताक्षर संकलन शुरु गरेका छन । दोश्रो चरणको आन्दोलन अन्तर्गत बुधवारदेखि सात दिने हस्ताक्षर संकलन शुरु गरिएको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले सञ्चारकर्मीलाई जानकारी दिनु भयो । उहाँका अनुसार पहिलो चरणमा प्रधानमन्त्रीलाई ज्ञापन–पत्रदेखि जिल्ला प्रशासन कार्यालय अगाडी शान्तिपूर्ण धर्नाका कार्यक्रम सञ्चालन गर्दा मागको सुनुवाई हुन नसके पछि दोश्रो चरणमा सात दिने हस्ताक्षर संकलन सुरु गरेको बताउनु भयो । राजविराज नगरपालिकाका प्रवक्ता तथा ८ न.ंवडाध्यक्ष जयनारायण मण्डलले हस्ताक्षर गरेर हस्ताक्षर संकलनको सुभारम्भ गर्नुभयो ।
हस्ताक्षर संकलन अन्तर्गत बुधवार दिउँसोसम्म हजारभन्दा बढी व्यक्तिहरुले हस्ताक्षर संकलन भइसकेको उहाँले जानकारी दिनु भयो । उहाँले प्रतिष्ठान निर्माण भएमा सप्तरीको साथै मधेश प्रदेसकै विकास र समृद्धिमा टेवा बताउनु भयो । यस हस्ताक्षर संकलनमा सर्वसाधारणदेखि समाजसेवि, जनप्रतिनिधि, नागरिक अगुवा, कर्मचारी, राजनितिकर्मी, सञ्चारकर्मी लगायतकाले स्वस्फुर्त रुपमा सघाइरहेको संयोजक यादवले बताउनु भयो ।
उहाँका अनुसार सात दिनमा १० हजार हस्ताक्षर संकलन गरिने लक्ष्य रहेको बताउनु भयो । उहाँका अनुसार त्यस पछि संकलित हस्ताक्षरहर ९ सय ९९ वटा चिठ्ठी प्रधानमन्त्री समक्ष पठाउने कार्यक्रम रहेको बताउनु भयो । उहाँहरुले मंसिर १० गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीकालागि ज्ञापन–पत्र बुझाएर पहिलो चरणको आन्दोलन सुरु गरेका थिए ।
०७५ सालमा मन्त्रिपरिषद् बैठकले जिल्लाको राजविराज नगरपालिका– १० बिरौलस्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म डिपीआर निर्माण र धेरा बेरा बाहेक अन्य काम भएको छैन् ।
प्रकाशित मिति: २०२३-१२-०६ , समय : १९:२७:०९ , 1 year अगाडि