मधेश प्रदेशमा लागूऔषध सेवन गर्ने युवाहरुकाे बृद्धि : लागूऔषधसहित तीन जना युवक पक्राउ
मिति: २०२३-१२-०४ , समय : १६:११:४८ , गामघर डेस्क
मिति: २०२३-१२-०४ , समय : १६:११:४८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
मधेस प्रदेशको पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीनजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं.१ बस्ने २४ वर्षीय समिप श्रेष्ठ, २८ वर्षीय सुवास पौडेल, हेटौडा १४ मयूरधाप बस्ने २८ वर्षीय साजन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका १६ रजतजयन्तीचोक स्थित सडकखण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना.३० प ७७४६ नम्बरको स्कुटीलाई रोकी चेक गर्दा लागु औषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ०.६२० मि. ग्राम बरामद गरेको प्रहरीले जनाएका छन् ।
यस्तै, सोही दिन वीरगञ्ज १६ रजतजयन्ती चोकमा खटिएको चेकिङ टोलीले भारतबाट संकाष्पदरूपमा पैदल हिंडिरहेको हेटौडा १४ मयूरधाप बस्ने २८ वर्षीय साजन पौडेलले बोकेको प्लाष्टिकको झोलाभित्र प्रतिबन्धित लागु औषध नाईट्राजेपाम नाइजा एक्यान प्रति पत्तामा १० ट्याब्लेटका दरले ७ पत्तामा ७० ट्याब्लेट फेला परेको हुँदा उनलाई बरामद भएको लागु औषध सहित नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भैरहेको प्रहरीले जनाएका छन् ।
प्रकाशित मिति: २०२३-१२-०४ , समय : १६:११:४८ , 1 year अगाडि