मधेस प्रदेश : बसले किचिएर एकजनाको मृत्यु, स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, स्थानीयबासिहरुले जलाए बस

मिति: २०२३-१२-०२ , समय : १४:०१:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
बसले किचिएर पसाएमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको रामनगर गाउँपालिका ६ सिसवा टोलका ३५ वर्षीय अभय झा रहेको प्रहरीले जनाएका छन् ।

पिकनिकको लागि पर्साको ठोरीमा गइरहेको ना ८ ख ४८६१ नम्बरको बसले किच्दा मोटरसाइकलमा सवार झाको मृत्यु भएको हो।

वीरगञ्ज महानगरपालिका १७ अलौ‌स्थित तिलावे पुल नजिकै वीरगञ्जबाट पोखरियातर्फ गइरहेको बा ७४ प ४५२८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना ३५ प ६४०० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बा ७४ प ४५२८ नम्बरको मोटरसाइकलमा सवार झाको बसले किचिएर मृत्यु भएको वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक धर्मराज थिङले बताए।

यता ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यता रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुन छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

यता घटनापछि स्थानीयले बस जलाएका छन् ।

प्रकाशित मिति: २०२३-१२-०२ , समय : १४:०१:५१ , १ वर्ष अगाडि