सप्तरीका कुख्यात मिटर व्याजी रेणु साह १ लाख ५० हजार धरौटीमा रिहा
मिति: २०२३-११-३० , समय : २०:५८:०५ , गामघर डेस्क
मिति: २०२३-११-३० , समय : २०:५८:०५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको खडक नगरपालिका वडा न. ७ कल्याणपुरका कुख्यात मिटर व्याजी रामदेव साहको जेठी छोरी रेणु साह बिहीबार धरौटीमा रिहाइ भएकी छिन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश उदयविर नेपालीको आदेशमा १ लाख ५० हजार धरौटी बुझाएर साह रिहाइ भएकी हुन् ।
मिटर व्याजी आरोपमा अदालतले पक्राउ गरि अनुसन्धान गर्न आदेश दिएपछि फारर रहेकी साहलाई जनकपुरबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएका थिए ।
पक्राउ परेकी साह इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा रहेकी थिइन् ।
सप्तरी जिल्ला अदालत राजविराजले २०७९/०७/१६ गते पक्राउ पुर्जी जारी गरेपछि साह सोही दिनदेखि फरार रहेकी थिइन् । रेणु मिटरव्याजी रामदेव साहको जेठी छोरी हुन । रामदेव साह भने अझै फरार छ्न ।
यसअघि साहको छोरा नन्द किशोर साह २०७९ जेठ २६ गते धरानबाट पक्राउ परेका थिए भने उनका कान्छी छोरी अनुराधा साह २०७९ जेठ २८ गते काठमाडौबाट पक्राउ परेकी थिइन् ।पक्राउ परेका दुदैजना राजविराज कारागारमा रहेको छ ।
रामदेव साहसहित ८ जना विरुद्ध तैयव अलिसहितका १७ जना मिटर व्याजी पीडितहरुले २०७८ माघमा प्रहरीमा निवेदन दर्ता गराएका थिए ।
उनीहरुले ॠण लिएको साँवा व्याज चुक्ता गर्दा समेत दृष्टिबन्धक राखेको जग्गा फिर्ता नगरेकोले आफुहरु घरवारविहीन हुनुपरेको भन्दै कारबाहीका लागि पीडितहरुले प्रहरीमा उजुरी दर्ता गरेका थिए ।
यता पिडित तैयव अलिले आफुहरु अन्याय परेको भन्दै न्यायका लागि उच्च अदालतमा जाने जनाएको छ ।
प्रकाशित मिति: २०२३-११-३० , समय : २०:५८:०५ , 1 year अगाडि