समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपिडित परिवारलाई राहत वितरण
मिति: २०२३-११-३० , समय : १४:४०:५६ , गामघर डेस्क
मिति: २०२३-११-३० , समय : १४:४०:५६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । निस्वार्थ भावले समाजकाे सेवा गर्दै अाइरहनु भएका समाजसेवी इन्जिनियर सुर्य नारायण यादवले अग्निपिडित परिवारलाई राहत वितरण गरेको छ । आगलागिबाट आहतलाई राहत भन्ने उदेश्यले धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा
आगलागिबाट सर्वस्व घुमाई बिच्चलीमा रहेकाे सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.-१ परसाही गाउको अग्निपीडित छेदी यादवलाई राहत स्वरूप विभिन्न सामग्रीहरु वितरण गरेको हाे । अग्नि पिडित परिवारलाई राहत स्वरुप त्रिपाल,झुल तन्ना, धोती ,साड़ी, थाल ,गिलास, डेकची, कराही ,छोलनी,बाल्टिन, मग लगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत मङ्सिर ९ गते आगलागि हुदा झन्डै ३ लाख भन्दा बढीको क्षति भएको थियोे ।
प्रकाशित मिति: २०२३-११-३० , समय : १४:४०:५६ , 1 year अगाडि