भूमिहीन तथा दृष्टिहीन डोम परिवारलाई समाजसेवी इ. यादव द्वारा राहत बितरण

मिति: २०२३-०३-०५ , समय : १४:०९:२५ , शुभ नारायण यादब

तस्बिर : इ. सुर्य नारायण यादवकाे फेसबुकबाट

शुभ नारायण यादब

राजविराज । जहाँ नपुगे कवि त्यहा पुगे रवि… भन्ने उखान झे सप्तरीका एक जना समाजसेवी गरिब ,अग्निपिडित , भुमिहिन तथा चिसाे पिडितकाे सेवा गर्नमा दिनरात लागि परेका छन । उहाँ हुनुहुन्छ धर्मि हल्फा महिला विकास क्लव लालापटिका अध्यक्ष एव समाजसेवी इन्जिनियर सुर्य नारायण यादव । निस्वार्थ भावले बुवा धर्मि लाल यादव तथा अामा हल्फा देवि यादवको नाउमा निस्वार्थ भावले सप्तरी बासिहरुकाे सेवा निरन्तर रुपमा गरिरहेको छ । साेहि क्रममा सहयोगी हातहरुको एउटा सानो सहयोग स्वरूप सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.-३ गोविन्दपुरमा पुस्ताहरु बर्षों देखि नेपालमा बसोबास गर्दै आए तापनि नेपाली नागरिकता प्रमाण पत्रबाट बंचित भूमिहीन तथा दृष्टिहीन जीबछ मरिक (डोम)र उसको पत्नी रीता मरिक आफ्ना ५ साना साना सन्तानहरु(२छोरा र ३ छोरी)सहित हाल नेपाल -भारत दशगजामा झुप्रोमा कष्टकर जीवन व्यतीत गरी रहेकाे अवस्थामा उनिहरुलाइ राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन ।


नागरिकता प्रमाण पत्र नहुदा राज्यबाट दलित र अपांगता भएका व्यक्तिलाई प्रदान गरिरहेका सेवा सुविधाबाट समेत उनीहरु वंचित रहेकाे अवस्थामा उनिहरुलाइ झुल , ताना ,लगायतका लताकपडाहरु वितरण गरेको क्लवका अध्यक्ष एव समाजसेवी इ. सुर्य नारायण यादवले जानकारी दिनुभयो ।
उहाका अनुसार ती भुमिहिन तथा नागरिकता बिहिन परिवारलाई सम्बन्धित छिन्नमस्ता गाउपालिका र जिल्ला प्रशासन कार्यालय सप्तरीको ध्यान जाअाेस तथा साे समस्या समाधानको लागि सार्थक र इमानदार पहल र प्रयास गरिदिनुहुन समाजसेवी यादवले विनम्र निवेदन समेत गरेका छन ।

प्रकाशित मिति: २०२३-०३-०५ , समय : १४:०९:२५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित