सप्तरीको ढिकलीका अग्निपिडित परिवारलाई समाजसेवी इ.यादवद्वारा राहत वितरण
मिति: २०२३-११-२७ , समय : १९:५०:४३ , गामघर डेस्क
मिति: २०२३-११-२७ , समय : १९:५०:४३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको महादेवा गाउपालिका स्थित ढिकलीका अग्निपिडित परिवारलाई समाजसेवी इ.सुर्य नारायण यादवद्वारा राहत वितरण गरेको छ । सहयोगी हातहरुको अग्निपीडित परिवारहरूलाई एउटा सानो सहयोग स्वरूप धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा आगलागिबाट सर्वस्व घुमाई बिच्चलीमा रहेका सप्तरीको महादेवा गाउपालिका वडा न.६ ढिकलीका अग्निपिडित परिवारलाई राहत वितरण गरेको हाे । अग्निपीडित परिवार क्रमशः सहश मण्डल र रामचन्द्र मण्डलको परिवारलाई राहत स्वरुप त्रिपाल,झुल, तन्ना, धोती, साड़ी,थाल, गिलास, डेकची ,कराही, छोलनी ,बाल्टिन,जग लगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष एव समाजसेवी ई. सूर्य नारायण यादवले अग्निपिडित परिवारलाई राहत प्रदान गरेको छ ।
गत मंसीर १० गते आगलागि हुदा अनुमानित १५ लाख भन्दा बढीको क्षति भएको थियाे । उक्त राहत वितरणमा समाजसेवी भूवनेश्वर झा, विश्व नाथ यादव लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।
प्रकाशित मिति: २०२३-११-२७ , समय : १९:५०:४३ , १ वर्ष अगाडि